कमिन्सलाई पछि पार्दै मिचेल स्टार्क बने आइपिएलका सर्वाधिक महँगा खेलाडी

काठमाडौं । आइपिएल २०२४ का लागि भएको अक्सनमा अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क अहिलेसम्मका सर्वाधिक महँगा खेलाडी बनेका छ्न् ।

उनको आधार मूल्य २ करोड भारु थियो । सुरुमा उनलाई दिल्ली क्यापिटल्स बोली लगाएको थियो । त्यसपछि मुम्बई इन्डियन्ससँगै कोलकता नाइटराइडर्स पनि अक्सनमा उत्रिएको थियो ।

अन्तिममा गुजरात र कोलकताबीचको भिडन्तमा स्टार्कलाई कोलकताले भित्र्याउन सफल भयो। उनी २४.७५ करोड भारुमा कोलकतामा भित्रिएका हुन् ।

यसअघि आजै अस्ट्रेलियालाई एकदिवसीय विश्वकप जिताएका कप्तान प्याट कमिन्लाई सनराइजर्स हैदरावादले २०.५० करोड भारूमा भित्र्याएको थियो ।

अघिल्लो सिजन साम कुरानलाई पञ्जाव किंग्सले १८.५० करोड भारुमा आबद्ध गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =