बसको टायर फुस्किएर लाग्दा पैदलयात्रीको मृत्यु
२०८० पुस ३ गते

प्रतिकात्मक तस्बिर
मोरङ । गुडिरहेको बसको टायर फुस्किएर चोट लाग्दा कानेपोखरी गाउँपालिका–६ बस्ने ३० वर्षीय वीरेन्द्र पौडेलको मंगलबार बिहान मृत्यु भएको छ ।
सोही गाउँपालिका–७ स्थित सडकमा प्रदेश १–०१–००१ ख ३९२२ नम्बरको बसको टायर अचानक फुस्किएर लाग्दा गम्भीर घाइते भएका उनको बिराट नर्सिंङहोम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।
२०८० पुस ३ गते
प्रतिक्रिया
सम्बन्धित








