‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ पुस १० गतेदेखि

काठमाडौँ । पुस १० गतेदेखि चितवन पर्यटन तथा हात्ती महोत्सव सञ्चालन हुने भएको छ ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराइएको हो ।

चितवनको सौराहामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनको लागि क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा तथा युनाईटेड हात्ती सञ्चालन स.सं.लि र रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा महोत्सव हुने आयोजकले जनाएको छ ।

महोत्सव पुस १० बाट १४ गतेसम्म सञ्चालन हुनेछ ।

पत्रकार सम्मेलनमा बोल्दै होटल एसोसिएसन नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठले कोरोना भाइरसको महामारीबाट रोकिन गएको महोत्सव फेरि सुरु गर्न लागेको बताए ।

विश्व सम्पदा सूचिमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकहरू लाई आकर्षित गराउँदै चितवनको पर्यटन क्षेत्रलाई महत्वपूर्ण गन्तव्य स्थलको रुपमा चिनारी गराउनुसमेत यस महोत्सवको अभिप्राय रहेको बताए ।

उनले पर्या–पर्यटन सम्बन्धित गतिविधिहरू र स्थानीय उत्पादनहरूलाई बजारीकरण गर्दै राष्ट्रिय स्तरसम्म पहिचान गराउन सक्नु महोत्सवको लक्ष्य रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *