सडक पेटीमा निर्माण सामाग्री राखेका चन्दलाई महानगरले तिरायो २५ हजार जरिवाना
२०८० पुस ३ गते

फाइल फोटो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक पेटीमा निर्माण सामग्री राखेको आरोपमा २५ हजार जरिवाना तिराएको छ । काठमाडौँ महानगरपालिका-३१ का रणबहादुर चन्दले सडक पेटीमा निर्माण सामाग्री राखी सवारी आवागमन तथा पैदल यात्रीलाई अवरोधको पाइएपछि जरिवाना तिराइएको हो ।
काठमाडौँ नगर प्रहरी बलले सो जरिवाना तोकेको थियो । यात्रुलाई असहज हुने गरी सडक पेटीमा सरसामान नराख्न महानगरले आग्रह गर्दै आएको छ ।

२०८० पुस ३ गते
प्रतिक्रिया
सम्बन्धित








