विश्व सामाजिक मञ्चको सोह्रौँ संस्करण नेपालमा हुने

काठमाडौँ । विश्व सामाजिक मञ्चको सोह्रौँ संस्करण नेपालमा हुने भएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी विश्व सामाजिक मञ्च आयोजक समितिले सो जानकारी गराएको हो ।

संस्करण आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा हुनेछ । सन् २००१ मा ब्राजिलको पोर्तो एलेग्रेबाट आरम्भ भएको उक्त विश्व सामाजिक मञ्च यसअघि दक्षिण एसियामा सन् २००४ मा आयोजना भएको थियो ।

फेब्रुअरी १५ का दिन बिहान ऐक्यबद्धता र्यालीपछि खुलामञ्चमा जम्मा हुनेछ ।

विश्वभरबाट ५० हजारको संख्यामा सहभागी हुने र सो पछिका ४ दिनसम्म विभिन्न १३ वटा विधाहरूमा विभिन्न सत्रहरू आयोजना हुने आयोजक समिति सदस्य नेत्र तिमिल्सिनाले बताए ।

उनले सम्मेलनमा विश्वभरका विभिन्न सामाजिक सवालहरूलाई एकै थलोमा छलफल गरी आर्थिक असमानता, युद्ध, द्वन्द्व, बेथिति, जलवायु परिवर्तन, अन्याय, अत्याचार, मानव बेचबिखन, शोषण जस्ता सवालहरूमा केन्द्रित रहने बताए ।

उनले विश्व सामाजिक मञ्चले विश्वभर नै शान्ति, समानता, स्थिरता, जलवायु न्याय, मानव अधिकार, श्रमिक अधिकार, खाद्य सम्प्रभुताका पक्षमा आवाज उठाउँदै आएको पनि बताए ।

उनले काठमाडौंको राष्ट्रिय सभागृहमा सो कार्यक्रम हुने तयारी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + nineteen =