मलेसियामा साथीको हत्या गरेर भागेका व्यक्ति त्रिभुवन विमानस्थलमा पक्राउ

मलेसियामा साथीको हत्या गरि भागेका व्यक्तिलाई प्रहरीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

झापाको शिवसताक्षी नगरपालिका ३ का ४० वर्षीय धनबहादुर प्रधानको हत्याको आरोपमा महोत्तरीको गौशला ५ का २४ वर्षीय अनिलकुमार साह पक्राउ परेका हुन्।

विगत एक वर्षदेखि बैदेशिक रोजगारको सिलसिलामा मलेसियामा काम गर्दै आएका धनबहादुरको सोही कम्पनीमा काम गर्ने अनिल कुमार साहले मंसिर २५ गते हत्या गरेको आरोप छ।

हत्या गरेर नेपालतर्फ फरार भएको सूचनाका आधारमा उनलाई काठमाडौं प्रहरी परिसरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार पक्राउ गरेको हो।

उनी आफ्नो हुलिया बदली हिमालयन एयरलाईन्सबाट नेपाल आउदै गर्दा पक्राउ परेका हुन्।

मृतकको श्रीमतीको जाहेरी लिई ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दिन ५ म्याद लिई प्रहरीले अनुसन्धान सुरु गरेको छ।

मलेसियन प्रहरी र मलेसियास्थित नेपाली राजदूतावाससँग समेत समन्वय गरी थप अनुसन्धान कार्य भईरहेको काठमाडौं प्हरी प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =