बाजुरामा ट्रयाक्टर दुर्घटना, तीन जनाको मृत्यु
२०८० पुस १ गते

काठमाडौं । बडिमालिका नगरपालिकाको खडिगाडमा ट्रयाक्टर दुर्घटना हुँदा तीजनाको मृत्यु भएको छ ।
सदरमुकाम मार्तडीबाट गौमुलतिर जाँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा तीनजनाको मृत्यु भएको हो । ट्रयाक्टर चालकको उद्धार भइरहेको स्थानीयले बताएका छन् ।
घर निर्माणमा प्रयोग हुने सामान ओसार्न प्रयोग गरिएको ट्याक्टर अर्को साधनलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
२०८० पुस १ गते
प्रतिक्रिया
सम्बन्धित








