थप समृद्ध र बलियो मडागास्कर निर्माण गर्ने राष्ट्रपति राजोएलिनाको प्रतिबद्धता

एजेन्सी । मडागास्करका पुनः निर्वाचित राष्ट्रपति एन्ड्री राजोएलिनाले देशलाई थप बलियो र समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले एक बलियो र अधिक समृद्ध राष्ट्र निर्माण गर्न र यसको विकासको लागि काम गर्ने दृढ सङ्कल्पका साथ मडागास्करको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राजोएलिनाले राजधानी सहर अन्टानानारिभोको बेरिया स्टेडियममा सम्बोधन गरेका थिए । डिसेम्बर १ मा उच्च संवैधानिक अदालतले उनलाई नोभेम्बर १६ को राष्ट्रपतिको निर्वाचनमा ५८.९६ प्रतिशत मत प्राप्त गरी विजयी घोषणा गरेको थियो ।

निर्वाचन प्रक्रिया शान्तिपूर्वक सम्पन्न भएको उल्लेख गर्दै उनले राष्ट्रको लोकतान्त्रिक परिपक्वताको प्रशंसा गरे । उनले भाषणमा राजोएलिनाले तीन स्तम्भहरू–मानव पुँजी, औद्योगीकरण र शासन–आगामी पाँच वर्षको लागि आफ्नो कार्यक्रमको एक भागको रूपमा रहेको उल्लेख गरे ।

राजोएलिनाले इमानदारिता र निष्ठाका मूल्यहरूप्रति आफ्नो दृढ प्रतिबद्धतालाई जोड दिँदै भ्रष्टाचारविरुद्ध लड्ने वाचा गरे । राजोएलिना जनवरी २०१९ देखि सेप्टेम्बर २०२३ सम्म देशको राष्ट्रपति भएका थिए । उनले एन्टानानारिभोको मेयरको रूपमा पनि काम गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =