एमाले नेता कहारको मोटरसाइकल दुर्घटनामा मृत्यु
२०८० पुस १ गते

नवलपरासी । नेकपा (एमाले) नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कमिटीका सचिवालय सदस्य एवं विनयी त्रिवेणी गाउँपालिकाका इञ्चार्ज सुरजकुमार कोहारको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को बर्दघाटबाट त्रिवेणी स्थिति आफ्नै निवासमा फर्किंदै गर्दा लु५२प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा उनको मृत्यु भएको हो ।
अठचालिस वर्षीय घाइते कहारलाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल पुर्याइएको थियो । कहारलाई चिकित्सकले मृत घोषित गरेको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) स्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताए ।
उनको शरीरमा बाहिरी चोट नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
२०८० पुस १ गते
प्रतिक्रिया
सम्बन्धित








