बीमा प्राधिकरणले काम गर्ने तौर तरिकामा आमुल परिवर्तन गर्न आवश्यक : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बीमा प्राधिकरणले काम गर्ने प्रक्रियामा धेरै परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रवार ललतिपुरमा बीमा सर्भेयर संघ नेपालले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् । उनले बीमा क्षेत्रमा भएका विकृति र विसंगतिहरु नियन्त्रण गर्न प्राधिकरणले प्रभावकारी भूमिका खेल्न आवश्यक रहेको बताए । उनले प्राधिकरणले बीमा कम्पनी वा कसैको प्रभावमा नपरी निष्पक्ष ढङ्गले काम गरे मात्रै बीमा क्षेत्रमा सुधार हुने अपेक्षा रहेको उल्लेख गरे । उनले प्राधिकरणले वास्तविकतामा नियमनको काम गरे मात्रै बीमा क्षेत्रको गुणस्तरमा वृद्धि हुने दाबी गरे ।

महतले बीमा कम्पनीहरूले बीमा लिने बेलामा आकर्षण विज्ञापन गर्ने तर दिने बेलामा झन्झटिलो प्रक्रिया गराउने काममा प्राधिकरणले सहज बनाउने गरी काम गर्न आग्रह गरे । उनले बीमा कम्पनीहरूले आकर्षित विज्ञापन गरी बीमा गराएर स्रोत जम्मा गर्ने र दिनेबेलामा अनेकौँ मझौला गराउँदा बीमा गराउनेहरू कम हुँदै गएको बताए ।

अर्थमन्त्री भन्छन्,‘बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणले गर्ने कामको तौर तरिकामा आमुल परिवर्तन गर्नुपर्छ । कामको गुणस्तरमा वृद्धि गर्नुप¥यो । बीमा कम्पनीहरूले लिने बेलामा आकर्षित विज्ञापन तारा खसाल्ने गरी गरेको देखिन्छ । बीमा लिनुहुन्छ र स्रोत जम्मा गर्नुहुन्छ । बिमकलाई दिनुप¥यो भने अनेकौँ झमेला गर्नुपर्छ । त्यही नियामक निकायको काम प्रभावकारी बनाउनु पर्छ । त्यो भयो भने राम्रो हुन्छ । नियमन निकाय स्वतन्त्र भुमिकामा रहेर कुनै प्रभावमा नपरि वास्तविकतामा रहेर काम गर्नुपर्छ । बीमा कम्पनीहरूले बीमा गर्ने बेलामा धेरै कुरा गर्ने तर दिने बेलामा अनोकौं बहाना ग¥यो भने सदस्यता कम हुँदै जान्छ ।’

महतले बीमा क्षेत्रको सुधारको लागि नियामक निकाय बीमा प्राधिकरणले निर्मम भएर काम गर्न आग्रह गरे । उनले प्राधिकरणलाई कसैको प्रभावमा नपरी वास्तविकतामा रहेर काम गर्न निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *