कम्प्युटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु

बाँके । कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लाग्दा इन्स्टिच्युट संचालकको गएराति मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका–६ सिद्धनवा बस्ने ३६ वर्षीय कृष्ण बहादुर थारु रहेका छन् ।

आफ्नै घरमा रहेको राप्ती कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + twelve =