प्रहरीको गोली लागेका युवकको मृत्यु

काठमाडौं । बारामा प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ ।

सिम्रौनगढ नगरपालिका–१ नमसंग्राढाटका २५ वर्षीय लक्ष्मी मुखियाको नारायणी अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने दुई पक्षबीच झडप हुँदा नियन्त्रणका लागि प्रहरीले बुधवार दिउँसो गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर घाइते मुखिया घाइते भएका थिए । बुधवार साँझ उनको निधन भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 15 =