सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु

काठमाडौँ । बुधवार बिहान ट्याक्टरबाट लडेर ट्याक्टरका सह–चालक ३४ वर्षीय नैन श्रेष्ठको बिहान मृत्यु भएको छ ।

मोरङ, उर्लाबारी नगरपालिका–१ स्थित खेतबाट माटो लोड गरी ल्याउँदै गरेको प्र.१–०२–००३ त १०५६ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरका सह–चालक मिक्लाजुङ गाउँपालिका–९ बस्ने ३४ वर्षीय नैन श्रेष्ठको मृत्यु भएको हो ।

ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै मकवानपुर, मनहरी गाउँपालिका–७ रमनाटारमा ना.५ ख ३७८३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७ वर्षीय उमेश प्रजाको बुधबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 9 =