विभिन्न स्थानमा ३ जना मृत फेला

काठमाडौँ । देशका विभिन्न स्थानमा ३ जना मृत फेला परेका छन् ।

काठमाडौं, गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित सडक पेटीमा बुढानिलकण्ठ नगरपालिका–११ कपन घर भएका ४५ वर्षीय राजु नेपाली बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै बर्दिया, ठाकुरबाबा नगरपालिका–५ खोनपुर बस्ने ६० वर्षीया रुन्ची थारु सोही ठाउँस्थित खेतमा पानी सिचाई गर्ने कुलोमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

साथै पर्सा, वीरगन्ज महानगरपालिका–१६ ईनर्वागाँउ बस्ने २५ वर्षीय राकेश पटेल पनि आफ्नै सुत्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − three =