घरको ढोका फोडेर ८ लाख ९९ हजार रूपैयाँ बराबरको धनमाल चोरी

काठमाडौँ । काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर ठुलो खरिबोट नजिक निराजन बिक्रम मार्ग बस्ने निर्मला नेपालको घरमा चोरी भएको छ ।

उनको घरबाट सुन र चाँदीका गरगहना, नगद र मोबाइल समेत गरी करिब ८ लाख ९९ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिले ढोका फोडी दराजमा रहेको उक्त रूपैयाँ बराबरको धनमाल चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।

साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =