छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ शंखरापुर नगरपालिका–५ पालुबारीस्थित सडकमा बा.प्र०२–०३९ प १०५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ओखलढुङ्गा घर भएकी ७६ वर्षीया खड्क माया खत्रीको भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको मंगलबार दिउँसो शुस्मा कोईराला मेम्मोरियल अस्पताल शलम्बुटारमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै संखुवासभा, मकालु गाउँपलिका–३ नयाँ बस्तीस्थित सडकमा प्र.१–०२०५२ प ०४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार भोटखोला गाउँपालिका–२ रूकमा बस्ने ४५ वर्षीय कान्छा लामाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्वास्थ केन्द्र नुममा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहा, मिर्चैया नगरपालिका–९ घुर्मीमा स.१ त ५७०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३० वर्षीया अनिता देवी शर्मा ठाकुरको पनि मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटना घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको भुमिजा अस्पताल गोलबजारमा उपचार भइरहेको छ ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द«ीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 9 =