नेपालले टस हार्‍यो, भारतविरुद्ध पहिला ब्याटिङ गर्दै

काठमाडौं । नेपालले एसिसी यू१९ एसिया कपमा भारतसँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा भएको टसमा भारतले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

प्रतियोगितामा नेपालले आफ्ना सुरुका दुवै खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटको हार बेहोरेको छ भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले हार बेहोरेको थियो । त्यस्तै समूह ए मा रहेको भारतले भने २ मध्ये एक खेलमा जित हासिल गरेको छ एक खेलमा हार बेहोरेको छ । भारतले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ८ विकेटको हार बेहोरेको थियो ।

समूह ए मा पाकिस्तानले २ खेलमा दुवै खेल जितेर ४ अंक हासिल गरेको छ भने भारत र अफगानिस्तानले २ -२ खेलमा एक एक खेल जितेर २-२ अंक हासिल गर्दै दोस्रो र तेस्रो स्थानमा रहेको छ । त्यस्तै नेपालले भने दुवै खेलमा हार बेहोरेर अंकविहीन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =