मोटरसाइकल दुर्घटनामा २२ वर्षीय चालकको मृत्यु
२०८० मंसिर २५ गते

कैलाली । भजनी नगरपालिका–५ लालबोजीमा सोमबार दिउँसो दुर्घटना हुँदा सोही ठाउँ बस्ने २२ वर्षीय राम बहादुर साउदको मृत्यु भएको छ ।
सु.प.प्र ०१०१२ प ९४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०८० मंसिर २५ गते
प्रतिक्रिया
सम्बन्धित








