कारसँग स्कुटर ठोक्किँदा डेन्टल पढिरहेका दुई युवतीको मृत्यु

काठमाडौँ । पोखराको जिएमसी कलेजमा अध्ययनरत दुई छात्राको सवारी दुर्घटनामा मृत्यु भएको छ । पोखरा-२६ स्थित सुन्दर बजार क्षेत्रको सडकमा कारसँग स्कुटर ठक्कर खाँदा बीबीएस (ब्याचलर इन डेन्टल सर्जन) चौथो वर्षमा अध्ययन गर्दै गरेका विद्यार्थीको मृत्यु भएको हो ।

कास्की प्रहरीका अनुसार मुत्यु हुनेमा पोखरा महानगरपालिका-२५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा-५ निवासी २४ वर्षकी भावना बराल छन् । आइतबार अपराह्न करिब ४:१५ बजे पोखराबाट तालचोकतर्फ जाँदै गरेको बीएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आएको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । घाइते दुवै विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको हो ।

उनीहरुको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल) मा राखिएको प्रहरीले जनाएको छ । कार चालक पोखराको अर्घौं निवासी मनबहादुर बानियाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *