सेयर बजारमा तेस्रो ‘सर्किट ब्रेक’ भएसँगैै कारोबार बन्द

काठमाडौँ । सेयर बजारमा तीन पटक ‘सर्किट ब्रेक’ लागेर आइतबार कारोबार बन्द भएको छ ।

आइतबार ९ मिनेटमा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भयो ।

कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो भने ११ः २५ मा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्यो ।

योसँगै ४० मिनेटका लागि कारोबार स्थगित भयो ।

१२: ०७ बजे सुरु भएको कारोबारमा फेरि २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेको हो ।

सेयर बजारको परिसूचक नेप्से १११ अंक बढेर १९६३ अंकमा कायम भएको छ ।

आज जलविद्युत् समूह सबैभन्दा धेरै ८.६ प्रतिशत बढ्यो । होटल तथा पर्यटन समूह ६.७, बैंकिङ ५.६, विकास बैंक ६.५, फाइनान्स ६.५, लगानी ६.४, जीवन बीमा ५.३, माइक्रोफाइनान्स ५.६, उत्पादन ४.८, निर्जीवन बीमा ५.२, अन्य ४.५ र ब्यापार उपसमूह ५.८ प्रतिशतले बढेका छन् ।

१३ कम्पनीको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढेको छ । कारोबार रकमका आधारमा माउन्टेन इनर्जी, सोनापुर सिमेन्ट, नेपाल इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *