बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार शिक्षक र लेखापालको मृत्यु, अर्का शिक्षक घाइते

काठमाडौँ । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ माडी नगरपालिका-१ बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बोलेरोले बागमती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो ।

दुर्घटनामा अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते भएका छन् । तीनै जना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत थिए । बेलेरोको ठक्करबाट गम्भीर घाइते भएका खत्रीको बगौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अधिकारीको भरतपुरमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

मृतक पौडेल माडी नगरपालिका-१ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका-३ आग्रीगाउँ निवासी हुन् । दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले जानकारी दिए । ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *