मानव अधिकार प्रवर्द्धन हुनेगरी चलचित्र निर्माण गर्नुपर्छ : मानव अधिकार आयोग

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार प्रवर्द्धन हुनेगरी चलचित्र निर्माण गर्न चलचित्र निर्माताहरुलाई आग्रह गरेका छन् ।

मानव अधिकारको संरक्षण र प्रवर्द्धन हुनेगरी जनचेतना ल्याउने गरी चलचित्र निर्माण गर्न यसका निर्माताहरुलाई उनले आग्रह गरेका हुन् ।

शनिवार काठमाडौंमा आयोजित ११ औं नेपाल मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष मगरले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार प्रवर्द्धनका लागि प्रभावकारी माध्यम भएकाले चलचित्र निर्माताहरुसँगको सहकार्यलाई जोड दिएको र त्यसलाई निरन्तरता दिने सोच अघि बढाएको तर्क समेत गरे ।

जनतालाई सबैभन्दा प्रभावकारी ढंगले मानव अधिकारको प्रवर्द्धन गर्न सिकाउने माध्यम चलचित्र क्षेत्र भएकाले यस क्षेत्रसँगको सहकार्यलाई आफूहरूले जोड दिएको उनको भनाई थियो ।

अध्यक्ष मगरले भने ‘फिल्मले हाम्रो ह्यूमन राईटस्लाई प्रोटेक्ट गर्न, प्रमोट गर्न र अवारनेश गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्छ । जस्तो हामीले राष्ट्रिय मानव अधिकार आयोगले पनि सहकार्य गरेर फिल्मको माध्यमद्वारा कसरी जान सकिन्छ ? भन्ने कुराहरूमा हामी अघि बढिराखेका छौं । विगतमा पनि साथ दिएका छौं । पछि पनि साथ दिँदै जानेछौ । सोसाइटीले ह्युमन राईटस प्रोट्रेक्टका लागि रोल खेलिराखेको हुन्छ भन्ने मैले राख्न चाहे । किनभने सबै राईटसहरु ह्युमन राईट्स हुन् । फिल्मबाट ह्युमन राईटस प्रोटेक्ट गर्नका लागि प्रभावकारी हुन सक्छ भन्ने बारेमा हामी लागि परेका छौं । धेरै कुराहरू छन् । त्यसलाई एजुकेटेड गर्नुपर्नेछ । त्यसका लागि फिल्म मेकरहरुले ह्युमन राईट्स प्रोटेक्शनका लागि फिल्महरू बनाउन सक्यो भने तल्लो तहसम्म ह्युमन राईटस्बारे एजुकेट गर्न सकिन्छ ।’

अध्यक्ष मगरले सबै अधिकारहरू मानव अधिकार भित्र पर्ने भएकाले पनि चलचित्र निर्माताहरुले यसको प्रवर्द्धनमा जोड दिन आवश्यक रहेको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *