जोर्डनका जनता गाजा द्वन्द्वबारे अमेरिकी अडानको विरोधमा

एजेन्सी । जोर्डनको राजधानी अम्मानमा हजारौं मानिसले गाजा पट्टीमा जारी द्वन्द्वमा अमेरिकाको अडानको निन्दा गर्दै प्रदर्शन गरेका छन् ।

अम्मानस्थित अमेरिकी दुतावासको वरपरको क्षेत्रमा उच्च सुरक्षाको उपस्थितिमा प्रदर्शन भएको थियो । विरोध प्रदर्शन विभिन्न संघ र समूहहरू बाहेक जोर्डनका विभिन्न पार्टीहरूले आयोजना गरेका थिए ।

प्रदर्शनकारीहरूले अन्तर्राष्ट्रिय समुदायलाई द्वन्द्व रोक्न र नागरिकहरूको सुरक्षा गर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *