मौद्रिक नीतिको समीक्षाले माघ महिनासम्म कर्जाको ब्याजदर घटाउँछ : सन्तोष कोईराला

काठमाडौँ । नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोईरालाले मौद्रिक नीतिको समीक्षा अर्थतन्त्र चलायमान बनाउने किसिमले आएको बताएका छन् ।

शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका विषयमा प्रतिक्रिया दिँदै उपाध्यक्ष कोईरालाले यस्तो बताएका हुन् ।

उनले घरजग्गा कर्जा र शेयर कर्जाको जोखिम भार १५० बाट १२५ मा झार्ने र आवासीय कर्जामा पनि परिमार्जन भएकाले बैङ्कहरूले पनि बिस्तारै कर्जा प्रवाह बढ्ने बताए ।

उनले मौद्रिक नीतिको समीक्षाले आगामी पुस महिनादेखि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने देखिएको दाबी गरे । उनले मौद्रिक नीतिमार्फत नीतिगत दर घटाउँदा निक्षेपको ब्याजदर घटाउनुपर्ने बैङ्कहरूलाई दबाब सिर्जना भएको बताए ।

उपाध्यक्ष कोईरालाले बैङ्कहरूको कर्जाको ब्याजदर पनि घट्दै जाने अवस्था देखिएको बताए । उनले बैङ्कको निक्षेपको ब्याजदर घट्दा कर्जाको पनि ब्याजदर घट्दा ऋणीहरूलाई सहज हुने बताए ।

उनले बैङ्कहरूले राष्ट्र बैंकले तोकेको दरमा ब्याजदर घटाउँदै लैजाने बताए ।

उनले भने ‘मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अर्थतन्त्रलाई चलायमान बनाउने किसिमको आएको छ । घरजग्गा कर्जा र शेयर कर्जाको जोखिम भार १५० बाट १२५मा झार्ने र आवासीय कर्जामा पनि परिमार्जन हुँदा बैङ्कहरूले बिस्तारै कर्जा प्रवाह गर्ने अवस्था भएको छ । त्यसले आगामी पुस महिनादेखि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्छ । मौद्रिक नीति मार्फत नीतिगत दर घटाउँदा निक्षेपको ब्याजदर घटाउन दबाब पर्छ । त्यसले कर्जाको ब्याजदरमा पनि घट्दै जान्छ । त्यसले ऋणीहरूलाई पनि सहुलियत हुने अवस्था आउँछ । बैङ्कहरूले राष्ट्र बैंकले तोकेको दरमा ब्याजदर घटाउँदै लैजान्छन् । बैङ्कहरूले हरेक महिनामा ब्याजदर परिवर्तन गर्न पाउने नयाँ नियमले सहज गराएको छ । त्यसले बेस रेट घट्छ । माघमा बैङ्कहरूले ब्याजदर परिवर्तन गर्दा कर्जाको ब्याजदर घट्ने देखिन्छ । अहिले बजारमा आशा कम भएको जस्तो लागेको हो । तर अब चाडपर्व भर्खरै सकिएका छन् । त्यसैले अब लचिलो मौद्रिक नीतिको समीक्षा आउँदा माग पनि बढेर जाने देखिन्छ ।’

उनले माघ महिनामा बैङ्कहरूले ब्याजदर परिवर्तन गर्दा कर्जाको ब्याजदर घट्न दाबी गरे । उनले चाडपर्व भर्खरै सकिएको भन्दै लचिलो मौद्रिक नीतिको समीक्षा आएकाले माग समेत वृद्धि हुँदै जाने जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *