यू-१९ एसिया कप

नेपालले थाल्यो ब्याटिङ, पाकिस्तानलाई हराएर सेमिफाइनल पुग्न चाहन्छ

काठमाडौं । एसिसी यू-१९ एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गरिहेको छ । दुबईमा रहेको आइसिसी एकेडेमी ओभल-२ मा नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हो ।

टसमा पाकिस्तानका कप्तान साद बेगले जितेर पहिला बलिङ गर्ने निर्णय दिँदै नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् । अहिले जारी खेलमा नेपाललेब्याटिङ गरिरहेको छ । शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न आजको खेलमा पाकिस्तानलाई हराउनु पर्नेहुन्छ । आज हारेको खण्डमा बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ । त्यसैले नेपालले उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ ।

यू-१९ एसिया कपमा नेपाल समूह ए मा भारत, पाकिस्तान र अफगानिस्तानसँग परेको छ । नेपालले दोस्रो खेल मङ्सिर २४ (डिसेम्बर १०) मा अफगानिस्तानको र मङ्सिर २६ (डिसेम्बर १२) मा भारतको सामना गर्ने छ । कुल ८ देशले भाग लिने यू-१९ एसिया कपको समूह बी मा भने बंगलादेश, जापान, श्रीलंका र युएई रहेका छन् ।

दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् । यू-१९ एसिया कपको सेमिफाइनलका खेल मङ्सिर २९ (डिसेम्बर १५) मा हुने छन् भने फाइनल खेल पुस १ (डिसेम्बर १७) मा हुने छ ।

नेपालको प्लेइङ ११ : देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलक राज भण्डारी र आकाश चन्द

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *