ईङल्याण्ड भर्सेस वेस्टइन्डिज : सिरिज १-१ को बराबरीमा
२०८० मंसिर २१ गते

काठमाडौँ । जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा ईङल्याण्डले वेस्टइन्डिजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा ईङल्याण्डले वेस्टइन्डिजलाई ६ विकेटले पराजित गरेको हो ।
वेस्टइन्डिजले दिएको २०३ रनको लक्ष्य पछाएको ईङल्याण्डले ३२.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि वेस्टइन्डिजले पहिला ब्याटिङ गर्दै ३९.४ ओभरमा अल आउट हुँदै २०२ रन बनाएको थियो ।
योसँगै ३ खेलको सिरिज १-१ को बराबरी भएको छ । यस अघि सम्पन्न पहिलो खेल वेस्टइण्डिजले जितेको थियो । अब सिरिजको अन्तिम खेल शनिबार हुने छ ।
२०८० मंसिर २१ गते
प्रतिक्रिया
सम्बन्धित








