रुसी सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने गिरोह सार्वजनिक (तस्बिरहरू)
२०८० मंसिर २० गते

काठमाडौँ । प्रहरीले रुसी सेनामा नेपालीलाई भर्ती गराइदिने भन्दै ठगि गर्ने गिरोहलाई आज सार्वजनिक गरिएको छ।
बुधवार जिल्ला प्रहरी परिसर टेकुमा पक्राउ गरेको १२ जनाको गिरोहलाई प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी रहेको छन् ।
उनीहरूबाट प्रहरीले रुसी सेनामा पठाउन तयार अरु नेपालीहरूको पासपोर्ट र पैसा सहित अन्य कागजपत्र समेत बरामद गरेको छ ।
हेर्नुहोस् तस्बिरहरू :

२०८० मंसिर २० गते
प्रतिक्रिया
सम्बन्धित








