नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि बाग्मती काठमाडौँलाई

काठमाडौँ । ३२ औँ अपाङ्गता दिवसको अवसरमा नेत्रहीन क्रिकेट संघ, नेपालले आयोजना गरेको नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि बाग्मती काठमाडौँले जित्न सफल भएको छ ।

बुधवार भएको फाइनलमा टस जितेर फिल्डिङ्ग रोजेको बाग्मतीले कास्कीलाई २० ओभरको निर्धारित खेलमा १५४ रनको योगफलमा रोकेको थियो ।

उक्त रन जोड्ने क्रममा कास्कीले ९ व्हिृकेट गुमाएको थियो भने कास्कीको लागि सुनिल राना मगरले सर्वाधिक ५३ रन बनाएका थिए । बाग्मतीको लागि किरण चलाउनेले २, निश्चल शिवाकोटी, लुपराज पाठक र सुजन श्रेष्ठले १/१ व्हिृकेट हात पारेका थिए ।

निर्धारित १५५ रनको लक्ष्य पर्याउदै बाग्मतीले १५/५ओभरका मात्र २ व्हिृकेट गुमाएर भेट्टाएका थियो । बाग्मतीका लागि लुपराज पाठकले सर्वाधिक ४१ रन बनाएका थिए भने कास्कीका युवराज भण्डारीले २ व्हिृकेट हात पारेका थिए।

फाइन खेलको प्लेयर अफ द म्याच बाग्मतीका लुपराज पाठक भएका थिए।

मंसिर १७ देखि २० गते सम्म मुलपानी क्रिकेट मैदानमा कास्की, म्याग्दी, सिन्धुपाल्चोक, बाग्मती काठमाडौं तथा राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोली विचमा भएको नेत्रहीन क्रिकेट प्रतियोगितामाको समापन समारोहका प्रमुख अतिथि रास्वपाका सांसद हरि ढकालले विजेता बाग्मती टिमलाई रु ३०००० नगद, सिल्ड, तथा प्रमाणपत्र तथा उपविजेता कास्कीलाई रु१५००० नगद, सिल्ड तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

प्रतियोगिताको प्लोयर अफ द सिरिज सुनिल राना मगर भएका थिए । नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन धिमिरोले राज्यले समावेशी खेलकुदलाई पक्षपात गरेको अनुभव व्यक्त गर्दै आगामी दिन समावेशी खेलकुद तथा अपाङ्गता भएका खेलाडीहरूको उचित सम्मान हुनुपर्ने आवाज समेत उठाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eighteen =