रास्वपाले यसरी गर्यो पदाधिकारीको कार्यविभाजन
२०८० मंसिर १९ गते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पदाधिकारीको कार्यविभाजन गरेको छ। रास्वपाले दुई उपसभापति, महामन्त्री, तीन सहमहामन्त्री, कोषाध्यक्ष, दुई जना सहकोषाध्यक्ष र तीन जना सहप्रवक्ताको कार्यविभाजन टुङ्ग्याएको हो।
यही मङ्सिर ११, १२ र १३ गते महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट रास्वपाले पदाधिकारीको संख्या १३ बनाएको थियो।
रास्वपाले बैठकबाट एक उपसभापति, दुई सहमहामन्त्री, एक–एक कोषाध्यक्ष र सहकोषाध्यक्ष तथा तीन जना सहप्रवक्ता मनोनित गरेको थियो।
रास्वपाले उपसभापति तथा पार्टीको प्रवास नेपाली सम्पर्क विभाग प्रमुख डोलप्रसाद अर्याललाई संगठनको जिम्मेवारी दिएको छ। अर्का उपसभापति तथा अर्थ नीति विभाग प्रमुख स्वर्णिम वाग्लेलाई नीति सम्बन्धी जिम्मेवारी तोकेको छ।
२०८० मंसिर १९ गते
प्रतिक्रिया
सम्बन्धित








