नेता, कर्मचारी र व्यापारीहरूको मिलेमतोमा एनसेल बिक्री भयो : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले राजनीतिज्ञहरू, कर्मचारी र व्यापारीहरूको मिलेमतोमा एनसेल बिक्री भएको बताएका छन् ।

नेपाली कांग्रेस ओखलढुङ्गाको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले एनसेल प्रकरणमा राजनीतिज्ञहरू, कर्मचारी र व्यापारीहरूको मिलेमतो नभई बिक्री सम्भव नहुने धारणा राखे ।

उनले भने,‘ आजको पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने एनसेल बेचिँदै छ भन्ने केही दिन देखी जताततै चर्चा भइरहेको छ । यसमा राजनीतिज्ञहरू, कर्मचारी र व्यापारीहरूको मिलेमतो नभई सम्भव हुँदैन । त्यस कारण हामीले नेताहरूलाई प्रश्न गरेका छौं कि एनसेल बिक्री प्रकरण किन भयो ?’

यस घटनालाई नेपाली कांग्रेसले गम्भीर रूपमा लिएको भन्दै नेता कोइरालाले नेपाललाई विकसित मुलुक बनाउन भ्रष्टाचारलाई निर्मूल गर्नुको विकल्प नभएको प्रष्ट पारे ।

डा. कोइरालाले भ्रष्टाचारलाई निर्मूल पार्न नसके नेपाललाई विकसित मुलुक बनाउन नसकिने बताए ।

कोइरालाले भने,‘अहिले जताततै मानिसहरूमा असन्तुष्टि छ । यसको कारण केहो भनेर बुझ्दा भ्रष्टाचारले देशलाई गाँजेको छ भन्ने कुरा सर्वत्र सुन्नुहुन्छ । भ्रष्टाचार नै मुलुकको विकास र समृद्धिको बाधक हो ।’

करिब ७५ प्रतिशत जनता कृषिमा आधारित भए पनि भए पनि उत्पादनलाई बढाएर कृषिमा आधारित उद्योगहरूलाई बढाएर जान सकेमात्रै रोजगारीका अवसरहरू देशभित्रै पाउन सकिने नेता कोइरालाको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =