म जाँदा यात्रु छुटेको दुबई पुगेपछि थाहा पाएँ– प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू दुबई जाँदा यात्रु छुटेको कुरा पछि मात्रै थाहा पाएको बताएका छन्।

यूएईको पाँचदिने भ्रमण सकेर फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले आफ्नो भ्रमणका कारण यात्रु छुटेको भन्ने कुरा आफूले दुबई पुगेपछि मात्रै थाहा पाएको बताएका हुन्।

नेपाल एयरलाइन्सको उडान प्रधानमन्त्रीका कारण अगाडी सार्दा यात्रुहरू छुटेका थिए। तर यस बारे थाहा नपाएको प्रधानमन्त्रीको जवाफ छ।

‘यदी मेरै लागि २ घन्टा अगाडि उडान सारिँदैछ र त्यसो गर्दा ३१ जना यात्रु छुट्छन भन्ने थाहा भएको भए म दुई घन्टा छिटो जाँदैनथेँ,’ फर्किएपछि प्रधानमन्त्री प्रचण्डले भने।

आफूले दुई घन्टा अघि उडान सार्नु नभनेको पनि जवाफ दिएका छन्। कोप–२८ मा सहभागी भएर आइतबार साँझ प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 1 =