दुबईबाट फर्के लगतै प्रधानमन्त्रीले भने– मन्त्रिपरिषद् हेरफेर हुँदैन
२०८० मंसिर १७ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको मन्त्रिपरिषद तत्काल हेरफेर नहुने बताएका छन्।
यूएईको दुबईमा आयोजित जलवायु सम्मेलनमा सहभागी भएर आइतबार साँझ फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले तत्का मन्त्रिपरिषद् हेरफेर गर्ने सोचमा आफू नरहेको बताएका हुन्।
मन्त्रीमण्डलमा व्यापक हेरफेर गर्ने चर्चा चलिरहेको भनेर पत्रकारले प्रचण्डलाई प्रश्न गरेका थिए। प्रचण्डले त्यसलाई स्वीकार गरेनन्।
उनले भने, ‘योबारे त सरकार गठन भएदेखि नै चर्चा चलिरहेकै छ । तर, तत्काल केही हुनेवाला छैन ।’
प्रधानमन्त्रीले आफ्नो यूएई भ्रमण अभूतपूर्व सफल भएको र नेपालले चौतर्फी प्रशंसा कमाएको दाबी पनि गरे।
२०८० मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित








