तस्बिरमा हेर्नुहोस् अन्तर्राष्ट्रिय वाटरकलर फेस्टिभल

काठमाडौँ । तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेस्टिभल काठमाडौंमा सुरु भएको छ । शनिवारबाट सुरु भएको फेस्टिभलमा ३९ देशका ३४० कलाकृति बबरमहलको नेपाल आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिएको छ ।

यो कला महोत्सवका लागि विदेशबाट ३० जना कलाकार आएका छन् भने १५० भन्दा बढी नेपालका कलाकार सहभागी हुनेछन् । कार्यक्रमले नेपालको मौलिक पहिचान विश्वसामु पुर्‍याउन सहयोग पुग्ने आयोजकले जनाएको छ ।

सहभागी गराइने ३४० कला सिर्जनामध्ये नेपालका एक सय १५ जना कलाकारका सृजना अहिले प्रदर्शनीमा राखिएको छ । अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी नेपालको आयोजनामा भएको यो महोत्सव मङ्सिर २० गतेसम्म चल्नेछ ।

हेर्नुहोस् तस्बिरहरु–

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *