छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ । नवलपरासी पश्चिम, सुनवल नगरपालिका–१ स्थित सडकमा लु.५६ प ४२४८ नम्बरको मोटरसाइकल र लु.४ त ८४०६ नम्बरको ट्याक्टर एक–आपसमा ठक्कर खाई २२ वर्षीय राहुल गुप्ताको मृत्यु भएको छ ।

शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भारत कुशीनगर शिवपुर मठिया बस्ने वर्षीय राहुल गुप्ताको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको छ ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी नवलपरासी पश्चिम, रामग्राम नगरपालिका–११ जमुवाडमा लु.१२ प १०९४ नम्बरको मोटरसाइकल लु.१ ख ६६०३ नम्बरको तेल ट्याङकरमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक म्याग्दी बस्ने ३१ वर्षीय याम प्रसाद बिकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै तनहुँ, म्याग्दे गाउँपालिका–६ मौरीबजारस्थित सडकमा बा.प्र ०१–००६ ख २८६१ नम्बरको ट्रकले ग.१७ प ६५९७ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार भिमाद नगरपालिका–९ ठामडाँडा बस्ने २६ वर्षीया सुक माया बिकको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको जिपि कोईराला श्वास प्रश्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनाको सोहीअस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 16 =