मुख्यमन्त्री जम्कट्टेलले बोलाए सर्वदलीय बैठक
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८० मंसिर १७ गते
![मुख्यमन्त्री जम्कट्टेलले बोलाए सर्वदलीय बैठक](https://www.makalukhabar.com/wp-content/uploads/2023/01/shalikram-jammarkattel_qxILqCg8gx.png)
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । उनले दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।
गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन् । प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने जनाइएको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८० मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित