फोहोर व्यवस्थापनका गर्न मनमोहन अस्पतालले ल्यायो इन्सिनरेटर प्रविधि

काठमाडौं । झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालले फोहोर व्यवस्थापनका लागि नयाँ प्रविधि भित्र्याएको छ ।

अस्पतालले भारतका विभिन्न ठाउँमा प्रयोग गरिएको प्रविधि इन्सिनरेटर भित्र्याएको हो । सोही इन्सिनरेटरबाट मनमोहन अस्पतालले फोहोर व्यवस्थापन गर्न थालेको छ ।

बिर्तामोड– २ मा अस्पतालले आफ्नो जमिनमा संरचना नै निर्माण सम्पन्न गरेर फोहोर डढाउन सुरु गरेको हो ।

इन्धन र विद्युतबिना नै सञ्चालन हुने इन्सिनरेटरबाट एक घण्टामा एक क्विन्टल फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ ।

पूर्वाधारसहित २० लाख रुपैयाँ लागतमा अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न नयाँ प्रविधि भित्र्याइएको अस्पतालका कार्यकारी प्रमुख रोमनी भट्टराईले बताए । फलाम र सिसा बाहेक अस्पतालबाट उत्पादित फोहोर नष्ट गरिने भट्टराईले बताए ।

उपकरण उत्पादक कम्पनीकाअनुसार इन्सिनरेटर सञ्चालन गर्दा इन्धन चाहिँदैन ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुलीको उपस्थितिमा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन गरे ।

नगरप्रमुख प्रसाईंले जडान गरिएको इन्सिनरेटरको प्रभावकारिता अध्ययन गरेर पालिकाहरूले पनि जडान गर्ने निर्णय गर्ने बताए ।

इन्सिनरेटरले अक्सिजनको सहायताबाट फोहोर जलाउने र सेतो धुवाँ बाहिर फाल्नेछ । जलेको फोहोरबाट उक्त प्रविधिले धुवा प्रशोधन गरेर प्रदूषण नहुने धुवाँ मात्रै बाहिर निकाल्ने र अन्य प्रदूषणजन्य धुवालाई पानीमा परिणत गरेर पाइपमार्फत बाहिर निकाल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *