युगान्डाले रच्याे इतिहास, विश्वकप खेल्ने २० वटै टाेलीकाे टुङ्गाे लाग्याे

युगान्डाले आउँदो वर्ष हुने आईसीसी टी–२० विश्वकपमा छनोट हुँदै इतिहास रचेको छ । टेस्ट राष्ट्र जिम्बावेलाई पछि पार्दै युगान्डा पहिलो पटक विश्वकपमा पुगेको हो ।

नामिबियामा भइरहेको आईसीसी टी–२० विश्वकप अफ्रिका छनोटमा आज बिहीवार रवान्डालाई ९ विकेटले हराउँदै युगान्डाले शीर्ष २ मा रहेर टी–२० विश्वकप खेल्ने भएको हो ।

युगान्डाको १९ वर्षमुनिको टोलीले ३ पटक विश्वकप खेले पनि राष्ट्रिय टोली पहिलो पटक विश्वकपमा पुगेको हो । अफ्रिका छनोटबाट नामिबिया १ खेलअघि नै विश्वकपमा पुगिसकेको छ ।

योसँगै आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्ने सबै २० वटा टोलीको टुङ्गो लागेको छ ।

यी टोलि छानिए विश्वकपमा

अमेरिका, वेस्ट इन्डिज, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, अफगानिस्तान, बङ्गलादेश, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी, क्यानडा, नेपाल, ओमान, नामिबिया र युगान्डा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *