अन्तर्राष्ट्रिय स्तरका व्यापार मेलाका लागि तत्काल प्रदर्शनी स्थल बनाउन व्यवसायीको माग

अन्तर्राष्ट्रिय स्तरका व्यापार मेलाका लागि तत्काल प्रदर्शनी स्थल बनाउन व्यवसायीको माग

काठमाडौँ । व्यवसायीहरूले अन्तर्राष्ट्रिय स्तरका व्यापार मेला आयोजना गर्ने स्तरीय प्रदर्शनी स्थल तत्काल बनाउन सरकारसँग माग गरेका छन् ।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ९ औँ अन्तर्राष्ट्रिय व्यापार मेलामा बोल्दै व्यवसायीहरूले यस्तो माग गरेका हुन् ।

उनीहरुले नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय व्यापार मेला आयोजना गर्ने स्तरीय प्रदर्शनी स्थल नभएकाले व्यवसायीहरूले विभिन्न समस्या भोग्नुपरेको बताए ।

व्यवसायीहरूले सरकारसँग विगत लामो समयदेखि माग गर्दै आएपनि प्रतिविद्धताअनुसार अहिलेसम्म काम गर्न नसकेको गुनासो गरे ।

उनीहरुले सरकारले नेपाली उत्पादनको निर्यात वृद्धिको लागि अन्तर्राष्ट्रिय स्तरमा गुणस्तरीय व्यापार मेला आयोजना गर्ने स्तरीय प्रदर्शनी स्थल नबनाए निजी क्षेत्र आफैँ बनाउन सक्षम रहेको उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले नेपालमा उपयुक्त स्तरीय प्रदर्शन स्थल नहुँदा मेला र महोत्सव आयोजनाको क्रममा धेरै समस्या भोग्नुपरेको गुनासो गरे ।

उनले व्यापार मेला गर्ने स्तरीय प्रदर्शनी स्थल बनाउन बारम्बार सरकारसँग माग गरेपनि अहिलेसम्म सुनुवाइ हुन नसकेको गुनासो गरे । उनले सरकारले तत्काल अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय व्यापार मेला आयोजना गर्ने स्तरीय प्रदर्शनी स्थल बनाउन आवश्यक रहेको बताए ।

उनले औद्योगिक व्यापार मेलाहरूको आयोजनाहरूमा उद्योग वाणिज्य संघ संस्थाबाहेक अन्य संस्थाहरूलाई रोक लगाउन पनि सरकारसँग माग गरे । उनले भारत र चीनसँगको व्यापार घाटा नेपालको लागि टाउको दुखाई बनेकाले भन्दै नेपालले निर्यात बढाउनुको विकल्प नभएको बताए ।

उनले निर्यात बढाउन अन्तर्राष्ट्रिय व्यापार मेलाहरू हुन आवश्यक रहेको बताए । उनले नेपाली उत्पादनहरूको प्रदर्शनी नेपालमा मात्रै सीमित नगरी विदेशमा पनि पुयाउनुपर्ने चुनौति रहेको उल्लेख गरे ।

उनले भने ‘मेला महोत्सव व्यवस्थित र स्तरीय रुपमा आयोजना गर्न निजी क्षेत्र सक्षम भएको छ । तर उपयुक्त स्तरीय प्रदर्शन स्थल नहुँदा मेला र महोत्सव आयोजनाको क्रममा धेरै समस्या भोग्नुपरेको छ । स्तरीय प्रदर्शन स्थल बनाउन बारम्बार सरकारसँग माग गर्दै आएका छौं । अहिलेसम्म मूर्त रूप पाउन सकेको छैन । सरकारले नबनाए निजी क्षेत्र आफैँ बनाउन सक्षम रहेको छ । औद्योगिक व्यापार मेलाहरूको आयोजनाहरूमा उद्योग वाणिज्य संघ संस्थाबाहेक अन्य संस्थाहरूलाई रोक लगाउनुपर्ने महासंघको सुझाव छ । व्यापार हुने केही मुलुक बाहेकमा नेपालको व्यापार घाटा रहेको छ । भारत र चीनसँगको व्यापार घाटा नेपालको लागि टाउको दुखाई बनेकाले नेपालले निर्यात बढाउनुको विकल्प छैन । निर्यात बढाउन अन्तर्राष्ट्रिय व्यापार मेलाहरू हुन् । नेपाली उत्पादनहरूको प्रदर्शनी नेपालमा मात्रै सीमित नगरी विदेशमा पनि पुयाउनु पर्ने चुनौती छ । नेपाल लगानीको लागि उपयुक्त वातावरण रहेको छ ।’

त्यस्तै महासंघका पूर्वअध्यक्ष चण्डराज ढकालले पनि नेपालमा व्यापार मेलाहरूलाई स्थिर रुपमा अगाडि बढाउनको लागि स्थायी प्रदर्शनी भवन काठमाडौं र प्रदेशहरूमा भवन बनाउन आवश्यक रहेको बताए ।

उनले सरकारसँग उद्योगी व्यवसायीहरूले निरन्तर रुपमा माग गर्दै आएपनि अहिलेसम्म सम्बोधन नहुनु सुखद् पक्ष नभएको उल्लेख गरे । उनले नेपालको उत्पादनलाई बजारमुखी बनाउने गरी निर्यात प्रवर्द्धन गर्न र गुणस्तर उत्पादनलाई छिमेकी देशका उत्पादनसँग प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय बजारको हिंसा बनाउन प्रदर्शनी स्थल महत्वपूर्ण पूर्वाधारहरू भएको बताए ।

उनले सरकारले विगतदेखि बनाउने प्रतिबद्धता आएका भएपनि प्रतिवद्धताले पूर्णता पाउन नसक्दा ठाउँ–ठाउँमा बासको बार बारेर मेला महोत्सव गर्नुपर्ने अवस्था रहेको भन्दै यो विषयमा सरकार गम्भीर हुन जरुरी रहेको बताए ।

उनले भने ‘व्यापार मेलाहरूलाई स्थिर रुपमा अगाडि बढाउनको लागि स्थायी प्रदर्शनी भवन काठमाडौं र प्रदेशहरूमा भवन बनाउन आवश्यक छ । व्यवसायीहरूले निरन्तर रुपमा माग गर्दै आएका छन् । नेपालको उत्पादनलाई बजारमुखी बनाउने गरी निर्यात प्रवर्द्धन गर्ने हो र गुणस्तर उत्पादनलाई छिमेकी देशका उत्पादनसँग प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय बजारको हिंसा बन्ने हो भने प्रदर्शनी स्थल महत्वपूर्ण पूर्वाधारहरू हुन् । राज्यले अगाडि बढाउनुपर्छ । सरकारले विगतदेखि बनाउने प्रतिबद्धता आएका हुन् तर प्रतिवद्धताले पूर्णता पाउन नसक्दा ठाउँ–ठाउँमा बासको बार बारेर मेला महोत्सव गर्नुपर्ने अवस्था छ । यो विषयमा सरकार गम्भीर हुन जरुरी छ ।’

उद्योगी व्यवसायीहरूले स्तरीय प्रदर्शन स्थल बनाउनको लागि सरकारले काठमाडौंको सेता पुलमा ९ रोपनी र चोभारमा जमिन तयार पारेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव मुकुन्दप्रसाद निरौलाले बताए ।

उनले निजी क्षेत्रसँग चाँडै छलफल गरेर दुईमध्ये कुन स्थानमा बनाउने विषय टुङ्गो लगाउने बताए । उनले सरकार प्रदर्शनीको नेपाल उत्पादनहरूको प्रदर्शनीको लागि मेला महोत्सव स्थल निर्माण गर्न प्रतिबद्ध रहेको बताए । उनले त्यसको लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए ।

उनले भने ‘अन्तर्राष्ट्रिय औद्योगिक मेला तथा प्रदर्शनी स्थल सेतो पुलको उत्तरपूर्व पट्टी ९ रोपनी जमिनमा साइनबोर्ड राखेर राखिएको छ । त्यहाँ प्रदर्शनी स्थल बनाउने विषयमा निजी क्षेत्रसँग बसेर छलफल गर्छौं । सेतो पुलमा निर्माण गर्ने वा चोभारमा पनि छ । सरकारले भोलीको प्रदर्शनीको मार्गदर्शन र प्रदर्शनीको लागि मेला महोत्सव स्थल निर्माण गर्न प्रतिबद्ध हुनेछौँ । निजी क्षेत्रको सहयोग अपरिहार्य छ ।’

महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय व्यापार मेलामा पाँच दिनसम्म चल्नेछ । मेलामा नेपाली मौलिक उत्पादनबाट बनेको सामग्रीदेखि भारत, चीन, बंलादेशमा बनेको वस्तुहरूको समेत प्रदर्शनी स्टल रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *