भारतीय क्रिकेट टिमको प्रशिक्षकमा राहुल द्रबिड यथावत

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले राष्ट्रिय टीमको प्रमुख प्रशिक्षक राहुल द्रबिडको कार्यकाल बढाउने घोषणा गरेको छ ।

द्रबिडका साथै टिमका ब्याटिङ कोच विक्रम राठौर, बलिङ कोच पारस म्हाम्ब्रे, फिल्डिङ कोच आर श्रीधरसहित सबै सपोर्ट स्टाफको कार्यकाल थप्ने बीसीसीआईले निर्णय गरेको छ ।

उनीहरूसँगको सम्झौता हालै सकिएको विश्वकप क्रिकेटसम्म मात्र थियो । द्रबिड सन् २०२१ को नोभेम्बरमा भारतीय टिमको प्रमुख प्रशिक्षक बनेका थिए ।

उनकै प्रशिक्षणमा भारत तीन वटै फर्म्याट टेष्ट, एक दिवसीय र टी–२० को वरीयतामा शीर्ष स्थानमा पुगेको थियो । तर भारत विश्वकप क्रिकेटसहित आईसीसीको प्रतियोगिता जित्न भने असफल भयो ।

विश्वकप क्रिकेटमा समूह चरणका सबै ९ वटा र सेमिफाइनल खेले जिते पनि भारत फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *