घाँसीकुवा बस दुर्घटना : उपचारका क्रममा २ घाइतेको मृत्यु, ९ जनालाई पोखरा पठाइयो (अपडेट)

काठमाडौँ । तनहुँको ब्यास नगरपालिका-२ घाँसीकुवामा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बिहान भएको बस दुर्घटनामा परी ३६ जना घाइते भएकोमा दुईको उपचारको क्रममा मृत्यु भएको हो ।

धरानबाट पोखरा जाँदै गरेको ग १ ख ७८९५ नम्बरको बस पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा आज बिहान दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीहरूको सनाखत हुन बाँकी छ ।

प्रहरीका अनुसार बाँकी घाइते ३४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएकाहरूको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । उनकाअनुसार दुर्घटनामा घाइतेमध्ये ९ जनालाई उपचारको लागि पोखरा पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *