अस्ट्रेलियाको कमब्याक, भारतमाथि ५ विकेटको जित
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८० मंसिर १३ गते
![अस्ट्रेलियाको कमब्याक, भारतमाथि ५ विकेटको जित](https://www.makalukhabar.com/wp-content/uploads/2023/11/1200-675-20134774-thumbnail-16x9-aus.jpg)
काठमाडौँ । जारी टी -२० सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ५ विकेटले पराजित गरेको हो ।
भारतले दिएको २२३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियालाई जिताउनेक्रममा ग्लेन म्याक्सवेलले ४८ बलमा अविजित १०४ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले रुतुराज गायकवाडको ५७ बलमा १२३ रनको मद्दतले २० ओभरमा ३ विकेट गुमाउँदै २२२ रन बनाएको थियो ।
५ खेलको यस सिरिजमा अस्ट्रेलियाले लगातार २ खेलको हारपछि कमब्याक गरेको छ । अस्ट्रेलियाको यो जितपछि सिरिजमा भारत २-१ ले अगाडी रहेको छ । अब सिरिजको चौथो खेल शुक्रबार हुने तालिका रहेको छ
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८० मंसिर १३ गते
प्रतिक्रिया
सम्बन्धित