धेरै ठाउँको मौसम धुम्म, असर, पानी पर्ने सम्भावना

काठमाडौँ । देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । काठमाडौं उपत्यकासहित पश्चिम भूभागमा सोमबारदेखि लागेको बादल आज बिहान पनि कायम रहेको हो ।

दिउँसोतिर भने पानी पर्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । लुम्बिनी प्रदेशबाहेकका प्रदेशको मौसम आज आंशिकदेखि सामान्य बदली हुने मौसमविद् रोजन लामिछानेले बताए । सुदूरपश्चिम, कर्णाली, गण्डकी, कोशी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षाको अनुमान छ । उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *