प्रहरीले पक्राउ गरेका दुर्गा प्रसाईंका २ सय अभियानकर्ता रिहा

शुक्रबार पक्राउ परेका दुर्गा प्रसाईंको अभियानमा सामेल २ सय जनालाई प्रहरीले साँझ रिहा गरेको छ। प्रशासनसँग अनुमति नलिई विरोधका कार्यक्रम गर्न लागेको भन्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको थियो।
साँझ उनीहरुलाई कागज गराएर प्रहरीले छाडेको हो। पक्राउ परेका मध्ये केहीलाई भने प्रहरीले हिरासतमै राखिरहेको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि देखिनै अराजक गतिविधिमा संलग्न र बिहीबार प्रहरीमाथि ढुंगामुढा गर्नेहरुलाई भने नछाड्ने प्रहरीले जनाएको छ।
प्रशासनको अनुमतिबिनै अराजक आन्दोलन गर्न लागेको भन्दै प्रहरीले उनीहरुमाथि ब्यापक धरपकड गरेको थियो। तीनकुने आसपासका होटल पसलभित्र रहेकाहरुलाई पनि प्रहरीले खोजि–खोजि पक्राउ गरेको थियो।
प्रहरीको अवरोधका काराण प्रसाईंले शुक्रबार कार्यक्रम गर्न पाएनन्। आफूलाई नजरबन्दमा राखिएको आरोप उनले लगाएका छन्। उनले शुक्रबार नै गैरकानुनी रुपमा थुनामा राखेको भन्दै वकिलमार्फत सर्वोच्चमा रिट समेत दायर गरेका छन्। उनको रिटमा आइतबार पेश तोकिएको छ।
प्रसाईंले शनिबारका लागि पनि तीनकुनेमै कार्यक्रम गर्ने तयारी गरेका छन्। तर प्रशासनले अनुमति नदिएको अवस्थामा कार्यक्रम गर्न नदिने प्रहरीको तयारी छ।









सरकारको दमन हो जनता माथी , हिजो यहि प्रधानमन्त्री मन्त्री देश र जनताको नाउ गरि सत्र हजार मार्यो आज सामन्य आन्दोलन गर्छु भन्दा निरंकुश शासन गर्ने?? यो त हदै भयो नि होइन?