के हो बाथ रोग ? जाडोमा यसरी बच्नुहोस्

काठमाडौं । सबै ठाउँमा अहिले जाडो मौसम बढ्दो छ । जाडो मौसममा धेरै जसो मानिसहरु बिरामी हुन्छन् । गर्मी मौसमको तुलनामा जाडो मौसममा धेरै मानिसहरूमा बाथ रोग लाग्ने गर्दछ । जाडो मौसममा हाम्रो शरीरका जोर्नीहरूमा भएका तरल पदार्थ जम्ने हुँदा जोर्नी दुख्ने समस्या वा रगतका नलीहरू साँघुरिने समस्यालाई बाथ रोग भनिन्छ ।

जाडो मौसममा घर भित्र मात्र बस्ने भएकोले मांशपेशी खुम्चिने र कडा हुँदा यो समस्या जटिल बन्दै जान्छ । त्यसैले घर भित्र पनि कुनै शारीरिक क्रियाकलाप तथा व्यायमहरु गरि राख्नु पर्दछ । बिहानको समयमा मेरुदण्ड दुख्ने, हातखुट्टाका जोर्नी दुख्ने, ढाड दुख्ने हुन्छ । बिस्तारै काम गर्दै गएपछि दुखाई कम हुँदै जान्छ । तर, आराम गर्दा अझ बढी दुखेको अनुभूति हुन्छ ।

यसका लक्षणहरू

त्यसै गरी, कपाल बढी झर्ने, घाममा गाला रातो हुने, मुखभित्र वा नाकभित्र घाउ आइरहने, लामो समयसम्म ज्वरो आउने, मांसपेशी दुख्ने, बसेको स्थानमा उठ्न गाह्रो हुने, छालाहरू बाक्लो हुने, शरीरमा डाबर वा नीलडाम आउने, चिसो पानीमा वा चिसो वस्तु छुँदा हातखुट्टाका औँलाका रङ्ग परिवर्तन भई नीला नीला भएर आउने आदि बाथ रोगका लक्षण हुन् । त्यसै गरि आँखा रातो हुने, कपाल झर्ने, नाक वा मुखभित्र घाउ आउने, थकान बढी लाग्ने, मुख सुख्खा हुने, लामो समयसम्म ज्वरो आउने, रक्त अल्पताको समस्या हो ।

यसबाट बच्न के गर्ने ?

यो रोग हुने मानिस चिसोबाट जोगिनुपर्छ । न्यानो लुगा लगाउने, झोलिलो खानेकुरा खाने, क्याल्सियम खाने, सागपात, पोषणयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्छ । तातो खानेकुरा खाने, शारीरिक व्यायाम गर्ने, एक ठाउँमा मात्र बसी नराख्ने, खानपान र जीवनशैलीलाई परिवर्तन गर्ने, शरीरमा डाबर वा नील डाम देखिएमा तुरुन्तै चिकित्सककोमा उपचारका लागि आउने । बाथको औषधि प्रयोग गरिएको भएमा नियमित सेवन गर्ने ।

महिलाहरूमा बाथ रोग बढी हुनुको कारण के हो ?

महिलाहरूमा हुने हर्मोनको असन्तुलनले पनि बाथ हुने गरेको देखिन्छ । पुरुषको तुलनामा महिलामा स्ट्रोजन हर्मोन महिलामा असमान हुन्छ । जस्तो महिनावारी बन्द भएपछि लुपस बाथ महिनामा बढी देखिन्छ । यस्तो हुनु भनेको कुनै कुनै रुपमा महिलामा हुने हर्मोनको भूमिका देखिन्छ । तर गठियाँ बाथ,कनेक्टिभ टिस्यु रोग (लुपस बाथ),हड्डी खिइने समस्या पनि महिलामा बढी देखिन्छ । तर पुरुषमा बढी देखिने बाथ चाहिँ मेरुदण्डको बाथ र गाउट आर्थटाइटिश (युरिक एसिड बाथ) बढी देखिन्छ । ओष्टियो पोरोसिश पनि महिलामा बढी देखिन्छ । यो रोगमा हड्डी खिइएर छिद्र पर्ने,सानै चोटमा पनि हड्डी भाँचिने जस्ता समस्या हुन्छन् ।

महिलाहरूमा बाथ मध्येमा पनि बढी देखिने बाथ चाहिँ ओस्ट्रियो पोरोसिस र गठियाँ बाथ बढी देखिन्छन् । महिलामा हुने हर्मोनको पनि भूमिका हुन्छ । यसको साथै दम तथा बाथ रोगमै प्रयोग हुने स्टरेइड औषधीले ओस्टियो पोरोसिस हुन्छ । गठिया बाथ वंशाणुगत कारण तथा महिलामा हुने हर्मोनको कारणले गर्दा महिलामा बढी हुन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =