केपी ओली कम टि ट्वान्टी क्रिकेट

स्तरीय क्रिकेट मैदानहरूको निर्माण गर्नुपर्छ : ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्तरीय ढंगले क्रिकेट मैदानहरूको निर्माण गर्नुपर्ने बताएका छन् ।

बिहीबार मदन भण्डारी स्पोर्ट्स एकेडेमीले पोखरामा आयोजना गरेको केपी ओली कम टि ट्वान्टी क्रिकेटको उद्घाटन गर्दै अध्यक्ष ओलीले नेपालमा उपयुक्त खेल मैदानहरू नभएको भन्दै स्तरीय क्रिकेट मैदानहरू निर्माण गर्नुपर्ने बताएका हुन् ।

उनले कुनैपनि अभावहरूमा क्रिकेट खेलाडीहरूको उत्साह र मनोबलमा कमी नआएको भन्दै आगामी दिनमा पनि मनोबल कमजोर पार्नु नहुने बताए । उनले खेल क्षेत्रमा सरकारले गर्नुपर्ने काम कर्तव्यमा कुनै कमी आउन नदिन पनि सरकारसँग आग्रह गरे ।

उनले भने ‘क्रिकेट खेलाडीहरूले पहिले नै पाइसकेका पुरस्कारहरू सरकारबाट उठाउन बाँकी होला । बक्यौता होला । त्यो राम्रो कुरा होइन । तर हाम्रा क्रिकेट खेलाडीहरूको उत्साह र मनोबलमा कुनै कमी आएको छैन । आउनु हुँदैन यस्तो कुनै पनि कुराले । हामीसँग उपयुक्त खेल मैदान छैनन् । हामी निर्माणाधीन खेल मैदानमा आज पनि प्रतिस्पर्धा सुरु गर्दैछौँ । प्रतियोगिता सुरु गर्दैछौँ । अवश्य पनि हामी यस क्रिकेट मैदानको उपयुक्त ढंगले निर्माण गर्नेछौँ । यसलाई स्तरियता दिनेछौँ । सरकारसँग आग्रह गर्न चाहन्छु, सरकारले गर्नुपर्ने काम, कर्तव्यमा कुनै प्रकारको कमी नहोस् । त्यतापछि म आग्रह गर्न चाहन्छु ।’

उनले खेलाडी र प्रशिक्षकहरुहरु प्रति आफ्नो उच्च प्रशंसा र सम्मान रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =