नेदरल्याण्डमा संसदीय निर्वाचन सुरु

एजेन्सी । नेदरल्याण्ड्सले बुधवार नयाँ संसद र निःवर्तमान प्रधानमन्त्री मार्क रुटेको प्रतिस्थापनका लागि राष्ट्रव्यापी मतदान सुरु गरेको छ ।

स्थानीय समय अनुसार बिहान ७ः३० बजे नेदरल्याण्ड्सका सबै ९ हजार मतदान केन्द्रहरूबाट २०२३ को संसदीय चुनावका लागि मतदान सुरु भएको हो ।

खण्डित डच राजनीतिक परिदृश्यमा कुल २६ दलहरू निर्वाचनमा सहभागी छन् । विगतका चार सरकारको नेतृत्व गरेका रुट्टेले बुधवार बिहान हेगमा अन्तिम पटक प्रधानमन्त्रीका रूपमा मतदान गरेका थिए ।

मार्च २०२१ मा भएको अघिल्लो चुनावमा रुट्टेको पिपुल्स पार्टी फर फ्रिडम एण्ड डेमोक्रेसी (भीभीडी) ले १५० सिट मध्ये ३४ सिट जितेको थियो ।

१८ वर्ष र माथिका बासिन्दाहरूलाई मतदान गर्न अनुमति दिइएको छ । जुन अनुमानित १३.३ मिलियन योग्य मतदाताहरू हुन् । सन् २०२३ को डच संसदीय चुनावको आधिकारिक नतिजा डिसेम्बर १ मा घोषणा हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =