इरानद्वारा हुथीको जहाज कब्जामा संलग्नता रहेको इजरायलको आरोप अस्वीकार

एजेन्सी । इरानले हुथीको जहाज कब्जामा संलग्नता रहेको इजरायलको आरोप अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले इजरायलको आरोपलाई अस्वीकार गरेका हुन् ।

यमनका हुथी सेनाले लाल सागरमा कार्गो जहाज कब्जामा इरान संलग्न भएको आरोप लगाए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले कार्गो जहाजमा भएको आक्रमणको लागि इरानलाई दोषी ठहर गर्दै इरानमाथि आरोप लगाए ।

आरोपको जवाफ दिँदै उनले इरानको राजधानी तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =