जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
२०८० मंसिर ६ गते

प्रतिकात्मक तस्विर
काठमाडौँ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २० वर्षीय दिपेश प्रधानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
झापा, मेचिनगर नगरपालिका–३ बस्ने इलाम रोङ गाउँपालिका–६ स्थाई वतन भएका दिपेश प्रधानले ती बालिकालाई सोमबार राति सोही नगरपालिका–३ किरात मार्ग टोलस्थित सुपाडी बगानभित्र झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१५ बस्ने ३१ वर्षीय सुवास पुलामीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पुलामीले ती महिलालाई विवाह गर्छु भनी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
२०८० मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित








