विस्तृत शान्ति सम्झौताका बाँकी काम शीघ्र कार्यान्वयन गर्न छलफल
२०८० मंसिर ५ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग आज आफ्नै सरकारी निवासमा विस्तृत शान्ति सम्झौताका विविध पक्षमा छलफल गरेका छन्।
उक्त सम्झौताअन्तर्गत कार्यान्वयन गर्न बाँकी रहेका विषयलाई यथासक्य चाँडो टुङ्ग्याउने सम्बन्धमा नेतात्रयबीच छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेकामध्ये प्रमुख तीन राजनीतिक दलले शान्ति प्रक्रियाको बाँकी काम जतिसक्दो छिटो सक्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दलमध्येका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका तीन शीर्ष नेताहरूले शान्ति प्रक्रिया सुरू भएयताको अवधिको समीक्षा गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
उनीहरूबीच शान्ति सम्झौताका १७ वर्षका प्रगति र अनुभवको समीक्षा तथा आगामी दिनको योजनाबारे छलफल भएको थियो।
२०६३ मङ्सिर ५ गने तत्कालीन नेकपा(माओवादी) र प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाबीच उक्त सम्झौतामा हस्ताक्षर भएको थियो।
२०८० मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित








