फार्पिङबाट नक्कली रूपैयाँसहित दुई जना पक्राउ
२०८० मंसिर ५ गते

काठमाडौँ । दक्षिणकाली नगरपालिका–५ फार्पिङ बसपार्कबाट नक्कली नेपाली रूपैयाँसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ बस्ने ६२ वर्षीय किरण लामा र सिन्धुपाल्चोक कुभुण्डे गाउँपालिका–३ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ बस्ने ६८ वर्षीय गोकर्ण बहादुर थापा रहेका छन् ।
उनीहरूको साथबाट एक हजारका ३ लाख ४९ हजार नक्कली रूपैयाँ बरामद भएको छ ।
ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७२०१ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त नक्कली रुपैयाँसहित पक्राउ गेरको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०८० मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित








